
काठमाडौँ । आजदेखि सुरु भएको नाडा अटो शो २०२६ लाई लक्षित गर्दै ग्लोबल आइएमई बैंकले ग्राहकका लागि विशेष अटो लोन सुविधा ल्याएको छ।
बैंकले नाडा अटो शो २०२६ को अवसरमा व्यक्तिगत सवारीसाधन खरिदका लागि न्यूनतम ५ दशमलव १७ प्रतिशत ब्याजदरमा अधिकतम ७ वर्ष अवधिका लागि अटो लोन उपलब्ध गराउने जनाएको छ।
गाडी खरिद गर्न इच्छुक ग्राहकले नाडा अटो शोमा रहेको बैंकको स्टलबाटै कर्जाका लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ । आवश्यक कागजात पूरा भएपछि अधिकतम तीन दिनभित्र कर्जा स्वीकृति पत्र उपलब्ध गराउने बैंकको भनाइ छ।
बैंकका अनुसार नाडा अटो शोमा आउने ग्राहकले स्टलबाटै कर्जा सुविधा, आवश्यक प्रक्रिया तथा सर्तसम्बन्धी जानकारी लिन सक्नेछन्।