
रसुवा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सशस्त्र प्रहरी बल, नेपालले उद्धार, राहत तथा स्वास्थ्य उपचारका लागि विभिन्न टोली र स्रोतसाधन परिचालन गरेको छ । बाढीबाट प्रभावित नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा उद्धार गर्ने कार्य भइरहेको छ।
सशस्त्र प्रहरीले हालसम्म गरिरहेका उद्धार तथा राहतका कार्यहरू
१.बाढीबाट प्रभावितहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा उद्धार गर्ने कार्य गरिरहेको।
२.बाढीमा परेका गम्भीर घाइतेहरूको तत्काल प्राथमिक उपचार गर्ने कार्य भइरहेको र आपत्कालीन सडक उद्धारका लागि मास क्याजुअल्टी भेहिकलसहितको चिकित्सा तथा उद्धार टोलीलाई बाढी प्रभावित क्षेत्रमा परिचालन गरिएको।
३. ए.पी.एफ अस्पतालमा बाढी प्रभावितहरुको सुविधाको लागि बेडहरु खालि गरिएको।
४.रसुवाभन्दा तलका तटीय क्षेत्रहरू (नुवाकोट, धादिङ, चितवन) मा रहेका सशस्त्र प्रहरीका युनिटहरूलाई विपद् उद्धारका लागि अलर्ट अवस्थामा राखेको।
५.नदी किनारका जोखिमयुक्त बस्तीहरूमा सशस्त्र प्रहरी बलका गाडी तथा गस्ती टोलीमार्फत साइरन बजाइ र माइकिङ गरी सर्वसाधारणलाई तत्काल सुरक्षित स्थानमा सर्न सूचना प्रवाह गरिरहेको।
६.नुवाकोट जिल्ला विदुर (सदरमुकाम) मा अस्थायी स्वास्थ्य शिविर सेवा स्थापना तथा सुचारु गर्ने कार्य भइरहेको ।
७। सशस्त्र प्रहरी बल, नेपालका इकाईहरुमा तयारी अवस्थामा राखिएका आपत्कालीन राहत तथा उद्धार सामग्री सहितका विपद् राहत प्रणाली (डीआरएस) कन्टेनरहरु आवश्यकताअनुसार प्रभावित क्षेत्रमा तत्काल पुर्याउने कार्य भइरहेको । साथै देशका अन्य भागहरूमा रहेका डीआरएस कन्टेनरहरूलाई बाढी प्रभावित क्षेत्रतर्फ केन्द्रित र परिचालन गर्ने कार्य भइरहेको ।
८.भोटेकोशीरत्रिशूली नदीको माथिल्लो तटीय क्षेत्रमा थप सम्भावित हिमताल विस्फोट हुनसक्ने वा थप बाढीको जोखिमबारे पूर्व सूचना प्राप्त गर्न र क्षति न्यूनीकरणका लागि चिनियाँ समकक्षी सुरक्षा निकायहरूसँग सशस्त्र प्रहरीको निरन्तर संवाद तथा सूचना आदान(प्रदान भइरहेको।
९.नदी किनारका जोखिमयुक्त बस्ती, मुख्य सडक खण्ड र कोरिडोरहरूमा खसेको पहिरो हटाई उद्धार तथा अत्यावश्यक यातायात सञ्चालनका लागि बाटो खुलाउने काम तीव्र पारिएको।
१०.नदी किनार र बाढी प्रभावित क्षेत्रहरूमा थुनिएका तथा हराइरहेका नागरिकहरूलाई पत्ता लगाउनु (लोकेट) गर्न तथा बाढीको क्षति मुल्याकंन गर्न सशस्त्र प्रहरीले ड्रोन परिचालन गर्ने कार्य गरिरहेको।
११.रसुवागढी भन्सार, यार्ड बाढी प्रभावित क्षेत्रमा पुरिएका व्यक्तिहरूको खोजीका लागि सशस्त्र प्रहरीको के ९ तालिम प्राप्त कुकुरसहितको खोजी तथा उद्धार टोली परिचालन भएको।
१२. बाढी प्रभावित क्षेत्रमा आपत्कालीन हेलिप्याड ९अवतरण क्षेत्रहरू० तयार गरी नेपाली सेना तथा निजी उद्धार हेलिकप्टरहरूको सुरक्षित उडान र अवतरणको व्यवस्था मिलाउने कार्य गरिरहेको।
१३. विस्थापित शिविरहरूमा हैजा तथा पानीजन्य रोग फैलिन नदिन सशस्त्र प्रहरी बल, नेपालको टोलीले आपत्कालीन खानेपानी शुद्धीकरण गर्ने औषधि वितरण गर्ने कार्य गर्न निर्देशन भइसकेको।