
रसुवा । रसुवाको टिमुरेबाट ६ जना विदेशी पर्यटकसहित १०५ जनाको सकुशल उद्धार गरिएको छ ।
नेपाली सेनाले बिहीबार बिहान सञ्चालन गरेको उद्धार अभियानमार्फत टिमुरे क्षेत्रबाट १०५ जनालाई सुरक्षित स्थानमा ल्याइएको हो । उद्धार गरिएकामध्ये ६ जना विदेशी पर्यटक रहेका छन् ।
यसैगरी, मैलुङ हाइड्रोपावरको ३ ए टनेलबाट ७ जना नेपाली नागरिकलाई समेत सफलतापूर्वक उद्धार गरिएको नेपाली सेनाले जनाएको छ ।
नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार टनेलभित्र रहेका उनीहरूलाई उद्धार गरी सुरक्षित स्थानमा ल्याइएको हो ।