भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या १७७ पुग्यो

दियोपोस्ट संवाददाता

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी ज्यान गुमाउनेको संख्या १७७ पुगेको छ।

प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार विभिन्न जिल्लामा गरी अहिलेसम्म १७७ जनाको शव फेला परेको हो।

प्रहरीका अनुसार रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६९, गोरखामा २०, तनहुँमा ९, पूर्वी नवलपरासीमा ३२ र पश्चिम नवलपरासीमा ६ जनाको शव फेला परेको छ।

सबैभन्दा धेरै शव चितवनको नदी तटीय क्षेत्रमा फेला परेको प्रहरीले जनाएको छ । बाढीपछि नदीको बहावसँगै बगेका मानिसहरूको खोजी गर्ने क्रममा चितवनका विभिन्न नदी तटीय क्षेत्रमा धेरै शव फेला परेका हुन् ।

बाढी प्रभावित क्षेत्रमा अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरी खोज तथा उद्धार कार्य जारी राखिएको छ। घाइते तथा प्रभावितहरूको उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालमा लगिएको प्रहरीले जनाएको छ।