
काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीपछि विभिन्न मुलुकका ६४४ पर्यटक सम्पर्कविहीन भएका छन् । नेपाल पर्यटन बोर्डले संकलन गरेको तथ्यांकअनुसार सम्पर्कविहीन हुनेमा सबैभन्दा धेरै भारतीय पर्यटक रहेका छन् ।
बोर्डका अनुसार १७८ भारतीय पर्यटक सम्पर्कविहीन छन् । त्यस्तै, १२७ नेपाली, ६५ अमेरिकी र ५३ युक्रेनी पर्यटकको पनि अवस्था सम्पर्कविहीन रहेको छ ।
यसैगरी मलेसियाका ५१, अष्ट्रेलियाका ३५, बेलायतका ३३ र क्यानडाका २५ पर्यटक सम्पर्कविहीन रहेको बोर्डले जनाएको छ । सिंगापुरका ९, रुसका ८, जर्मनीका ८ तथा लात्भिया र दक्षिण अफ्रिकाका ६-६ जना पर्यटक पनि सम्पर्कविहीन छन् ।
बोर्डले ट्राभल एजेन्सी तथा सम्बन्धित कम्पनीहरूबाट विवरण संकलन गरी उक्त तथ्यांक सार्वजनिक गरेको जनाएको छ ।