रसुवा बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

दियोपोस्ट संवाददाता

काठमाडौँ । रसुवा जिल्लामा आएको विनाशकारी बाढीमा परी मृत्यु भएका २७० जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार रसुवामा १७, नुवाकोटमा १२, धादिङमा २७ र चितवनमा १०८ जनाको शव फेला परेको छ । यस्तै, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा ६२ र नवलपरासी पश्चिममा १५ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

बाढीमा परी घाइते भएका ६६ जना विभिन्न अस्पतालमा उपचाररत छन् । तीमध्ये १४ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

यसैबीच, बाढीपछि २८ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ । सम्पर्कविहीन प्रहरी कर्मचारीको खोजी तथा उद्धार कार्य जारी रहेको जनाइएको छ ।