रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या ३५९ पुग्यो

दियोपोस्ट संवाददाता

काठमाडौँ । रसुवा जिल्लामा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ३५९ पुगेको छ । नेपाल प्रहरीले बिहीबार साँझ ५ बजे दिएको अपडेटअनुसार बुधबार आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या ३५९ पुगेको हो।

प्रहरीका अनुसार रसुवामा १७, नुवाकोटमा २८, धादिङमा ३३, चितवनमा १३२, नवलपरासीपुर्वमा ८२, नवलपरासी पश्चिममा १५ र तनहुँमा २२ जनाको शव फेला परेको छ ।

बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले खोज तथा उद्धार कार्य जारी राखेको छ। बेपत्ता भएकाहरूको खोजीका क्रममा शव भेटिने क्रम जारी रहेको सुरक्षा निकायले जनाएको छ।

प्रभावित क्षेत्रको विस्तृत विवरण संकलन तथा बेपत्ता व्यक्तिको खोजी कार्यलाई निरन्तरता दिइएको प्रहरीले जनाएको छ।