अस्थायी ताल फुट्ने डरले तिब्बतमा उद्धार कार्य स्थगित

दियोपोस्ट संवाददाता

एजेन्सी । पहिरोपछि बनेको अस्थायी ताल फुट्ने तथा थप बाढी आउने जोखिम बढेपछि तिब्बतमा जारी उद्धार कार्य स्थगित गरिएको छ।

तिब्बतको सीमा क्षेत्रमा आएको विनाशकारी पहिरोमा परी सयौँ मानिस अझै बेपत्ता रहेका बेला पुनः बाढीको खतरा बढेपछि चीनले उद्धार कार्य रोकिएको जनाएको हो।

चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीका अनुसार पहिरोको गेग्रान र लेदो जम्मा भएर बनेको एउटा अस्थायी ताल फुट्ने जोखिम बढेपछि उद्धार टोली खटिएको क्षेत्रतर्फ पानी बग्न थालेको थियो। त्यसपछि सुरक्षाका कारण उद्धार कार्य रोकिएको हो ।

चिनियाँ सरकारी सञ्चारमाध्यमका रिपोर्टअनुसार घटनास्थलमा रहेका उद्धारकर्मीहरूलाई तत्कालका लागि आफ्ना गतिविधि रोक्न निर्देशनको प्रतीक्षा गर्न भनिएको छ।

यसअघि नै घटनास्थलमा पुगिसकेका आपत्कालीन उद्धार टोलीलाई पनि बाढीको जोखिम बढेपछि एक किलोमिटर पछाडि हट्न निर्देशन दिइएको छ।

उक्त क्षेत्रमा गएको भीषण पहिरोका कारण ठूलो मात्रामा जनधनको क्षति भएको अनुमान गरिएको छ। प्रतिकूल मौसम र पुनः बाढी आउने जोखिमका कारण बेपत्ता व्यक्तिहरूको खोजी तथा उद्धार कार्य थप चुनौतीपूर्ण बनेको छ। समाचार बनाउने अर्को ढंगबाट