
काठमाडौँ । रसुवामा आएको विनाशकारी बाढी तथा त्यसबाट प्रभावित आसपासका जिल्लामा शुक्रबार दिउँसो १२ बजेसम्म ४ सय ८९ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार रसुवामा १३, नुवाकोटमा ३७, धादिङमा ४०, चितवनमा १ सय ८६, गोरखामा ४४, तनहुँमा २९, नवलपरासी पूर्वमा १ सय १२ र नवलपरासी पश्चिममा २८ जनाको शव फेला परेको छ ।
बाढीका कारण प्रभावित तथा जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको प्रहरीले जनाएको छ । त्यस्तै, विभिन्न निकाय र स्थानीयवासीको समन्वय तथा सहयोगमा उद्धार र खोजी कार्यलाई निरन्तरता दिइएको छ ।
बाढी तथा पहिरोका कारण अवरुद्ध भएका सडक तथा बाटो खुलाउने कामसमेत विभिन्न स्थानमा भइरहेको प्रहरीले जनाएको छ ।