रसुवा बाढीपीडितका लागि माइतीघरमा स्वस्फूर्त राहत संकलन

दियोपोस्ट संवाददाता

काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकका लागि काठमाडौँको माइतीघर मण्डलामा राहत सामग्री संकलन सुरु गरिएको छ । सामाजिक सञ्जालमार्फत गरिएको आह्वानपछि दक्षिणकाली, भक्तपुर, भैंसीपाटीलगायत काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट सर्वसाधारण राहत सामग्री बोकेर माइतीघर पुगेका छन् ।

उनीहरूले कपडा, खाद्यान्न, खानेपानी, बिस्कुटलगायत अत्यावश्यक सामग्री उपलब्ध गराएका छन् । स्वस्फूर्त रूपमा संकलन भइरहेको राहत सामग्री बाढी प्रभावित क्षेत्रमा पठाउने तयारी गरिएको आयोजकहरूले बताएका छन् । सामाजिक सञ्जालमार्फत गरिएको सामान्य आह्वानमै उल्लेख्य जनसहभागिता जुटेको उनीहरूको भनाइ छ ।

रसुवामा बाढीका कारण ठूलो जनधनको क्षति भएपछि प्रभावित परिवारलाई तत्काल आवश्यक सामग्री उपलब्ध गराउने उद्देश्यले राहत संकलन थालिएको हो ।

सम्बन्धित खबर