रसुवा बाढीः मृतकको संख्या ५ सय ५३ पुग्यो, चितवनमा मात्रै २२२ शव फेला

दियोपोस्ट संवाददाता

काठमाडौँ । रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार साँझ ५ बजेसम्म ५ सय ५३ जनाको शव फेला परेको छ।

प्रहरीका अनुसार फेला परेका शवमध्ये रसुवामा १३, नुवाकोटमा ३८, धादिङमा ४०, चितवनमा २२२, गोरखामा ४७, तनहुँमा ३१, नवलपरासी पूर्वमा १३४ र नवलपरासी पश्चिममा २८ जनाको शव भेटिएको छ।

बाढी प्रभावित तथा जोखिममा रहेका विभिन्न जिल्लाका परिवारलाई प्रहरीले सुरक्षित स्थानमा स्थानान्तरण गरिरहेको जनाएको छ। साथै स्थानीयवासी तथा विभिन्न निकायसँगको समन्वयमा उद्धार र खोजी कार्यलाई निरन्तरता दिइएको छ।

बाढीका कारण अवरुद्ध भएका विभिन्न स्थानका सडक तथा बाटो खुलाउने कामसमेत भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

सिफारिस