बाढीले बगाएर ल्याएको सेफ फोडेर पैसा चोरी आरोपित २९ जना को को ? [नामावली]

दियोपोस्ट संवाददाता

धादिङ, १३ भदौ । रसुवाको भोटेकोशीमा आएको बाढीले बगाएर ल्याएको पैसा राख्ने सेफ (तिजोरी) त्रिशूली नदी किनारमा भेट्टाई सेफ तोडफोड गरी नगद चोरी गरेको अभियोगमा प्रहरीले २९ जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार भदौ १० गते धादिङको गल्छी गाउँपालिका वडा नं. ४ बेलखुखोला स्थित त्रिशूली नदीको किनारमा बाढीले बगाएर ल्याएको एकिन थाहा नभएको नगद पैसा रहेको सेफ फेला परेको थियो। उक्त सेफ स्थानीय मानिसहरूले आफूखुसी तोडफोड गरी भित्र रहेको रकम निकालेर चोरी गरेको भन्ने सूचना भदौ १२ गते प्राप्त भएपछि प्रहरी परिचालन गरिएको थियो।

प्रारम्भिक छानबिन र खानतलासीका क्रममा प्रहरीले चोरीमा संलग्न २९ जनालाई पक्राउ गर्नुका साथै निजहरूको साथबाट कुल रु. ९२,६८,५०५/- (बयानब्बे लाख अर्सठ्ठी हजार पाँच सय पाँच) नगद बरामद गरेको छ।

बरामद भएको उक्त नगदको आधिकारिक स्रोत र घटनामा संलग्न हुन सक्ने अन्य सम्भावित व्यक्तिहरूको खोजीका साथै नियन्त्रणमा लिइएका मानिसहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिएका छन्।

नियन्त्रणमा लिइएका व्यक्तिहरूको नामावली:

१. पवन पौडेल (२७ वर्ष) – जिल्ला धादिङ, गल्छी गा. पा. ४ मास्टार

२. बिर ब. राना मगर (४१ वर्ष) – ऐ. ऐ.

३. बिनोद गिरी (३५ वर्ष) – ऐ. ऐ.

४. नवराज भेटुवाल (३३ वर्ष) – ऐ. ऐ.

५. पुर्ण लाल श्रेष्ठ (४० वर्ष) – ऐ. ऐ.

६. बिष्णुमणि अधिकारी (३१ वर्ष) – ऐ. ऐ.

७. कृष्ण मगर (३६ वर्ष) – ऐ. ऐ.

८. शिब ब. राना मगर (४९ वर्ष) – ऐ. ऐ.

९. युवराज अधिकारी (४६ वर्ष) – ऐ. ऐ.

१०. सुशान्त श्रेष्ठ (४७ वर्ष) – गल्छी गा. पा. ६ आदमघाट

११. सुचिम ब. राना मगर (४६ वर्ष) – गल्छी गा. पा. ४ मास्टार

१२. सबिन श्रेष्ठ (२४ वर्ष) – ऐ. ऐ.

१३. प्रेम ब. राना मगर (४३ वर्ष) – ऐ. ऐ.

१४. अनिल भेटुवाल (१९ वर्ष) – ऐ. ऐ.

१५. राम शरण सुबेदी (४९ वर्ष) – ऐ. ऐ.

१६. मिन ब. राना मगर (३८ वर्ष) – ऐ. ऐ.

१७. देवन्द्र राना मगर (३२ वर्ष) – ऐ. ऐ.

१८. दिपक तामाङ (३१ वर्ष) – ऐ. ऐ.

१९. राज कुमार भेटुवाल (३६ वर्ष) – ऐ. ऐ.

२०. दिनेश अधिकारी (२९ वर्ष) – ऐ. ऐ.

२१. दिनेश पुलामी (३० वर्ष) – ऐ. ऐ.

२२. टेक ब. राना मगर (३० वर्ष) – ऐ. ऐ.

२३. सन्तोष श्रेष्ठ (३२ वर्ष) – ऐ. ऐ.

२४. सानुभाइ श्रेष्ठ (३६ वर्ष) – गल्छी गा. पा. ८ सिमपानी

२५. सानु खतिवडा (४९ वर्ष) – सिद्धलेक गा. पा. ७ आदमटार

२६. विचारी आले मगर (२९ वर्ष) – चितवन रासी न. पा. ६ घर भई हाल धादिङ गजउरी गा. पा. ८ आदमघाट

२७. नारायण श्रेष्ठ (३२ वर्ष) – गल्छी गा. पा. ८ सिमपानी

२८. अग्नि आले मगर (२० वर्ष) – ऐ. ऐ.

२९. सकुर अन्सारी (२८ वर्ष) – पर्सा बहुदरीमाई न. पा. ९ घर भई हाल धादिङ गजउरी गा. पा. ६ आदमघाट