
काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको विनाशकारी बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ६२६ पुगेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार बिहान १० बजेसम्मको विवरण सार्वजनिक गर्दै ६२६ जनाको शव फेला परेको जनाएको छ।
प्राधिकरणका अनुसार शव फेला पर्नेमा रसुवामा १३, नुवाकोटमा ५१, धादिङमा ४५, गोरखामा ४८, नवलपरासी पूर्वमा १९५, नवलपरासी पश्चिममा ४०, तनहुँमा ३१ र चितवनमा २३३ जना रहेका छन् । शवमध्ये विभिन्न मानव अंगसमेत समावेश रहेको जनाइएको छ।
बाढी तथा पहिरोमा परेकामध्ये सम्पर्कविहीनको संख्या २ हजार ४२६ जना पुगेको प्राधिकरणले जनाएको छ। यसमध्ये नेपाल प्रहरीमार्फत २७, नेपाली सेनामार्फत ४५ र सशस्त्र प्रहरी बलमार्फत १३ भन्सार कार्यालय १५,अध्यागमन कार्यालय ४,रसुवा ५६२ र नुवाकोट ११५जनाको विवरण प्राप्त भएको छ। त्यस्ते जलविद्युत आयोजनको ९३३ ,मकवानपुरको ६५, विदेशी नागरिक ५१७, नेपाल घुम्न आएका विदेशमा बस्ने नागरिक,१२७, र लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना रहेका छन् ।
खोज तथा उद्धार कार्यमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका गरी १५ हजार २२४ सुरक्षाकर्मी परिचालन गरिएको छ। यसमध्ये नेपाल प्रहरीका ४हजार ८९१, नेपाली सेनाका ६ हजार ७५५ र सशस्त्र प्रहरी बलका ३ हजार ६५८ जना परिचालित छन्।
हालसम्म ४ हजार ४५१ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। त्यस्तै, १०९ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने उनीहरूको सर्जिकल मेडिकल टिमबाट समेत उपचार भइरहेको जनाइएको छ।
बाढीका कारण दूरसञ्चार सेवामा पनि असर परेको छ । १९८ वटा टेलिकम टावर क्षतिग्रस्त भएकोमा १४५ वटा टावर सञ्चालनमा फर्काइएको प्राधिकरणले जनाएको छ।
राहत तथा उद्धारका लागि विभिन्न स्थानमा सुरक्षाकर्मी, हेलिकोप्टर र अन्य आवश्यक स्रोतसाधन परिचालन गरिएको छ भने प्रभावित क्षेत्रमा राहत सामग्री वितरणको कामसमेत जारी रहेको प्राधिकरणले जनाएको छ।
