भोटेकोशी बाढीपीडितलाई क्यानको ३० लाख सहयोग

दियोपोस्ट संवाददाता

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत, उद्धार र पुनःस्थापनाका लागि ३० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

क्यानले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै विपद्बाट प्रभावित नागरिकलाई सहयोगस्वरूप उक्त रकम उपलब्ध गराउने निर्णय गरेको जनाएको हो। संघका सचिव पारस खड्काका अनुसार क्यानको तर्फबाट प्रदान गरिने ३० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ।

भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त निर्णय गरिएको क्यानले जनाएको छ।

प्राकृतिक विपद्बाट प्रभावित सम्पूर्ण नागरिकप्रति ऐक्यबद्धता व्यक्त गर्दै क्यानले विपद्को कठिन परिस्थितिमा आवश्यक सहयोग र सहकार्यका लागि सधैँ प्रतिबद्ध रहने जनाएको छ।

 

सम्बन्धित खबर