सुरुङ उद्धारमा भारतीय प्राविधिक टोली परिचालित, चीनबाट पनि टोली आउने

दियोपोस्ट संवाददाता

काठमाडौँ । सुरुङभित्र फसेकाको उद्धारका लागि भारतबाट आएको ११ सदस्यीय विशेष प्राविधिक टोली नेपालमा परिचालित भएको छ।

परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय टोलीले उद्धार कार्यमा आवश्यक प्राविधिक सहयोग सुरु गरिसकेको जानकारी दिएका छन् । उनका अनुसार सुरुङ उद्धारमा विशेषज्ञता हासिल गरेको चिनियाँ टोली पनि चाँडै नेपाल आउने अपेक्षा गरिएको छ।

मन्त्री खनालले उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारले आवश्यक अन्तर्राष्ट्रिय प्राविधिक सहयोग जुटाउन पहल गरिरहेको बताए।

उद्धार गर्नुपर्ने क्षेत्रको भौगोलिक अवस्था निकै जटिल रहेकाले स्थलमार्गबाट हुने प्राविधिक सहयोगलाई सरकारले प्राथमिकता दिएको उनको भनाइ छ। हेलिकप्टरमार्फत उद्धार तथा प्राविधिक सहयोग पुर्‍याउँदा पनि भौगोलिक कठिनाइका कारण थप समस्या हुन सक्ने उनले बताए।

सम्बन्धित खबर

सिफारिस