
काठमाडौँ । भोटेकोशीको बाढीले त्रिशूली नदीमाथिको मुख्य पुल बगाएपछि सडक सम्पर्कविहीन बनेको धादिङको सदरमुकाम धादिङबेसी पुनः सडक सञ्जालमा जोडिएको छ। वैकल्पिक मार्ग सञ्चालनमा आएसँगै यहाँको यातायात आवागमन सञ्चालनमा आएको हो।
गत बुधबार आएको बाढीले पुल बगाएपछि सदरमुकाम धादिङबेसीको बाहिरी क्षेत्रसँगको सडक सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो।
अब भने परेवाटार-नेपालटार-गजुरीटार-पिपलटार-आदमटार-बेलिनटार-केउरिनीटार हुँदै मास्टार (ह्याम्लेट रेष्टुरेन्ट) जोड्ने वैकल्पिक सडक खुलाइएको छ ।