
काठमाडौँ । युरोपियन युनियन (ईयू) ले रसुवामा बाढीबाट प्रभावित भएकाहरूका लागि २० लाख युरो आपत्कालीन मानवीय सहायता उपलब्ध गराउने भएको छ।
ईयूले शनिबार विज्ञप्ति जारी गर्दै उक्त रकम बाढीप्रभावित क्षेत्रमा खाद्यान्न, स्वास्थ्य सेवा, स्वच्छ खानेपानी तथा सरसफाइजस्ता अत्यावश्यक सेवा पुर्याउन प्रयोग गरिने ईयूले जनाएको छ। ईयूका साझेदार संस्थाहरूले क्षेत्रगत रूपमा राहत तथा आश्रय सामग्री वितरणको काम सुरु गरिसकेका छन् ।
ईयूले यो सहयोग यसअघि वर्षको सुरुमा विपद् पूर्वतयारीका लागि नेपाललाई दिइएको ३० लाख युरोभन्दा अतिरिक्त हो । राहत तथा उद्धार कार्यलाई थप व्यवस्थित बनाउन ईयूले एसियाका लागि ‘र्यापिड रेस्पोन्स कोअर्डिनेटर’ परिचालन गर्नुका साथै नक्सांकनका लागि ‘कोपरनिकस’ भू-उपग्रह (स्याटेलाइट) सेवासमेत सक्रिय बनाएको छ।