
काठमाडौँ । लगातारको वर्षा र त्रिशूली नदीमा आएको भीषण बाढीका कारण काठमाडौँ-मुग्लिन सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । धादिङको कृष्णभीर क्षेत्रमा सडक तलबाट भासिनुका साथै नदीको कटान तीव्र भएपछि सवारी आवागमन ठप्प भएको हो ।
प्रहरीका अनुसार भोटेकोशी क्षेत्रबाट बगेर आएको बाढीले त्रिशूली नदीमा जलसतह अत्यधिक बढेपछि सडक किनार कटान गरेको छ।
आइतबार बिहान केही समय अवरुद्ध भएर पुनः सञ्चालनमा आएको यो सडक खण्ड नदीले थप कटान गरेपछि केही बेरमै पुनः पूर्ण रूपमा बन्द हुन पुगेको प्रहरीले जनाएको छ।