भोटेकोशी बाढीः मृतकको संख्या ७५२ पुग्यो, ८ हजार ७३० जनाको उद्धार

दियोपोस्ट संवाददाता

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये हालसम्म ७५२ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीपछि विभिन्न जिल्लाबाट ७५२ जनाको शव फेला परेको हो ।

फेला परेका शवमध्ये चितवनमा सबैभन्दा धेरै २५९ जना छन् । यस्तै नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा १००, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३६ र रसुवामा १३ जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ ।

बाढी प्रभावित क्षेत्रबाट हालसम्म ८ हजार ७३० जनाको उद्धार गरिएको छ । सम्पर्कविहीन रहेकाहरूको खोजी तथा उद्धार कार्य भने जारी रहेको प्राधिकरणले जनाएको छ ।