
काठमाडौँ । रसुवामा आएको विनाशकारी बाढीका कारण आइतबार दिउँसो २ बजेसम्म देशका विभिन्न जिल्लामा गरी ७ सय ६८ जनाको शव फेला परेको छ ।
प्रहरीका अनुसार रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, चितवनमा २ सय ६४, गोरखामा ५८, तनहुँमा ३७, नवलपरासी पूर्वमा १ सय ९४ र नवलपरासी पश्चिममा १ सय जनाको शव फेला परेको हो ।
बाढीपछि प्रहरीले जोखिममा रहेका विभिन्न जिल्लाका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्यलाई तीव्रता दिएको छ । साथै, विभिन्न सरकारी निकाय तथा स्थानीयवासीसँगको समन्वय र सहकार्यमा उद्धार तथा खोजी कार्य जारी राखिएको प्रहरीले जनाएको छ ।
बाढीका कारण अवरुद्ध भएका विभिन्न सडक तथा बाटो खुलाउने कामसमेत भइरहेको प्रहरीले जनाएको छ ।