रसुवा बाढी अपडेड: मृतकको संख्या ९०३ पुग्यो, ४ हजार भन्दाबढी अझै बेपत्ता

दियोपोस्ट संवाददाता

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको विनाशकारी बाढीमा परेर मृत्यु हुनेको संख्या ९०३ पुगेको छ भने ४ हजार २४७ जना अझै सम्पर्कविहीन रहेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार बिहान ९ बजेसम्मको विवरण सार्वजनिक गरेको हो ।

प्राधिकरणका अनुसार सबैभन्दा बढी चितवनमा २७२ जनाको शव फेला परेको स्थानमा विवरणमा उल्लेख गरिएको छ। यस्तै रसुवामा २४, नुवाकोटमा १५, धादिङमा ५५, गोरखामा ६२, नवलपरासी पूर्वमा २०७, नवलपरासी पश्चिममा १५१ र तनहुँमा ३७ जनाको शव फेला परेको विवरण सार्वजनिक गरिएको छ।

विपद्मा परेर २६७ जना घाइते भएका छन् । प्रभावित क्षेत्रमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका गरी २० हजार ८१९ सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ।

हालसम्म १० हजार ४५१ जनाको उद्धार गरिएको छ। सेनाद्वारा गरिएको हवाई उद्धारबाट विदेशी तथा नेपाली नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ भने हवाई उद्धारका लागि ४११ पटक उडान गरिएको छ।

प्रभावित क्षेत्रमा राहत सामग्री ढुवानीलाई पनि तीव्रता दिइएको छ। हालसम्म २७ ट्रकबाट खाद्य तथा गैर खाद्य सामग्री पठाइएको तथा हेलिकप्टरमार्फत पनि विभिन्न स्थानमा राहत र उद्धार सामग्री पुर्‍याइएको प्राधिकरणले जनाएको छ।

सरकारले प्रभावित क्षेत्रका लागि नगद राहतसमेत उपलब्ध गराएको छ। रसुवा र नुवाकोटलाई एक-एक करोड रुपैयाँ तथा धादिङलाई ५० लाख रुपैयाँ राहत उपलब्ध गराइएको छ भने प्रभावित स्थानीय तहहरूका लागि पनि राहत रकम पठाइएको छ।

प्राधिकरणले खोज, उद्धार, राहत वितरण तथा सम्पर्कविहीन व्यक्तिहरूको खोजी कार्य निरन्तर जारी रहेको जनाएको छ।

सम्बन्धित खबर

सिफारिस