एनभीएलको पहिलो दिनको टिकट रकम बाढीपिडीको नाममा जम्मा गरिने

दियोपोस्ट संवाददाता

काठमाडौँ । विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) ले पहिलो दिनको खेलबाट टिकट बिक्री गरी संकलन हुने सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएको छ।

एनभीएलको पहिलो दिन भदौ १९ गते हुने खेलका लागि टिकट बिक्रीबाट संकलन हुने सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ भएको हो ।

यस संकटको घडीमा नेपाल सरकारसँग साथ रहने प्रतिबद्धता जनाउँदै एनभीएलले उद्धार, उपचार तथा पुनर्स्थापनाको अभियानमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त निर्णय गरेको जनाएको छ।

एनभीएलका प्रमुख सञ्चालन अधिकृत  विकास खेतानले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट ज्यान गुमाएकाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

एनभीएलका सबै खेलको टिकट आईएमई खल्ती लिमिटेडमार्फत खरिद गर्न सकिने जनाइएको छ । साथै, प्रतियोगिता आयोजना हुने त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा राखिने काउन्टरबाट पनि भौतिक रूपमा टिकट खरिद गर्न सकिनेछ।

एनभीएलले २०८३ साल भदौ १४ गतेदेखि आईएमई खल्तीमार्फत टिकट बुकिङ खुला गरेको जनाएको छ।

सम्बन्धित खबर

सिफारिस