
काठमाडौँ । रसुवा बाढीमा परी निधन भएकाहरूको पशुपति क्षेत्रस्थित आर्यघाट र भष्मेश्वर घाटमा निःशुल्क दाहसंस्कार गरिने भएको छ ।
पशुपति क्षेत्र विकास कोषले बाढीमा परी निधन भएकाहरूको निःशुल्क दाहसंस्कारका लागि आवश्यक सबै व्यवस्था मिलाएको हो ।
निःशुल्क दाहसंस्कारका लागि शरदराज वैद्यलाई सम्पर्क गर्न सकिनेछ । वैद्यको मोबाइल नम्बर ९८४१२२९९९४ रहेको कोषले जनाएको छ ।
यस विषयमा थप जानकारी आवश्यक परे पशुपति क्षेत्र विकास कोषको कार्यालयमा सम्पर्क गर्नसमेत आग्रह गरिएको छ ।
कोषले विपद्को समयमा एकअर्कालाई सहयोग गर्दै मानवता जोगाउने उद्देश्यले कोषले निःशुल्क दाहसंस्कारको व्यवस्था गरेको जनाएको छ ।