
पाल्पा । पाल्पामा प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।
आइतबार तिनाउ गाउँपालिका-३ पैठेडाँडास्थित सिद्धार्थ राजमार्गमा प्रहरी चौकी दोभानबाट खटिएको प्रहरी चेकिङ टोलीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको हाईस गाडीलाई चेकजाँच गर्ने क्रममा तीन जनालाई पक्राउ गरेको हो।
गाडीमा सवार उनीहरूको साथबाट Nitrazepam २५/२५२ ट्याब्लेट र Spas ६/६ ट्याब्लेट फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

पक्राउ पर्नेमा गुल्मीको रेसुङ्गा नगरपालिका-४ का २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन्।
प्रहरीले पक्राउ परेका तीनै जनालाई पाल्पा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।