काठमाडौँ, साउन १७ । काठमाडौँको चन्द्रागिरि नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष गोपी सुर्खेतीले गरिब परिवारका ४२ जना विद्यार्थीलाई युनिफर्म वितरण गरेका छन् । वडाका अन्य सदस्यसहित स्थानीय चण्डिका देवि माध्यमिक विद्यालय पुगेको टोलीले विपन्न परिवारका जेहेन्दार विद्यार्थीहरुलाई युनिफर्म वितरण गरिएको हो ।
शुक्रबार चण्डिका देवि मावि पुगेर वडाध्यक्ष सुर्खेतीले स्कुल युनिफर्म वितरण गरेका हुन् । आर्थिक अभावकै कारण चन्द्रागिरि २ मसिनेका विद्यार्थीहरु स्कुल आउनबाट बञ्चित नहोउन् भन्नका लागि वडाले सामान्य सहयोग गरेको वडाध्यक्ष सुर्खेतीले बताएका छन् ।
वडा कार्यलयले स्कुल युनिफर्म वितरण गरेपछि विद्यार्थीहरु थप खुशी र प्रोत्साहित भएको उनले बताए । यसबाट विद्यार्थीहरुलाई विद्यालय आउनका लागि थप प्रेरण मिल्ने पनि वडाध्यक्ष सुर्खेतीको दावि छ ।
चन्द्रागिरि नगरपालिका वडा न. २ राजधानीमै पर्ने भएपनि विकास र मानिसहरुको जीवनस्तर हेर्दा अवस्था निकै दयनीय देखिन्छ । स्थानीयको जीवनस्तरलाई उकास्नका लागि सो वडाले विभिन्न किसिमका अर्थोउपार्जनका कामहरुमा समेत सहयोग गरिरहेको छ । त्यस्तै विकास निर्माणका कार्यहरुलाई पनि वडाभित्र द्रुत गतिमा अगाडी बढाइएको वडाअध्यक्षले बताएका छन् ।