तनहुँ ,साउन १८ । प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहका दुईजना कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालयल तनहुँले गयराति पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तनहुँको आँबुखैरेनी गाउँपालिका–३ का ४६ वर्षीय गणेश थापा क्षेत्री र घिरिङ गाउँपालिका–२ का ३६ वर्षीय धनबहादुर राना छन् ।
उनीहरुलाई आ–आफ्नै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए । रासस