रक्सी भनेर तेल खाँदा मृत्यु

दियो पोस्ट  

ओखलढुंगा,सँएन् १८ । मोलुङ गाउँपालिका ७ पात्लेमा मछिनोको तेल खादाँ एक जनाएको मृत्यु भएको छ । मृत्यु हुनेमा ३९ वर्षीय मकर तामाङ रहेका छन् । शनिबार तामाङले रक्सी भनेर झुक्किएर मछिनोको तेल खाँदा मत्यु भएको बताएका छन् ।

वडा अध्यक्ष हेमबहादुर सुनुवारले मदिरा भनेर मछिनोको तेल खाँदा ज्यान गएको परिवारका सदस्यले जानकारी गराएको बताए । शुक्रबार बेलुकादेखि नै मदिराले मातेका कुमार शनिबार विहान तेल खाएको हुन सक्ने सुनुवारको भनाइ छ ।

मृतक तामाङ आफैंले बिगत नौ बर्षदेखी पात्लेमा मछिनो उद्योग चलाउँदै आएका थिए । उनले प्लाष्टिकको बोतलमा राखेको मछिनोको तेललाई मदिरा भनि सेवन गर्दा बिरामी परेकाले परिवार तथा स्थानीयको सहयोगमा उद्धार गरी अस्पताल लैजादै गर्दा बाटैमा मृत्यु भएको वडा अध्यक्ष सुनुवारले बताए । मृतक तामाङको शवलाई पोष्टमाटमका लागि रुम्जाटार अस्पताल पठाइएको छ ।