काठमाडौँ । अवरुद्ध संसद खुलाउन सभामुख र दलका नेताहरुबीच संसद भवन नयाँ बानेश्वरमा छलफल जारी छ । यसअघि भएका छलफलमा सत्तापक्ष र प्रतिपक्षले आ–आफ्ना अडान नछाडेपछि सहमति जुट्न सकेको थिएन ।
सहमति नजुटेकै कारण सोमबार ११ बजेका लागि वोलाइएको संसद बैठक १ बजेसम्मलाई सारिएको छ । अवरुद्ध संसद खुलाउन दलहरुबीच छलफल जारी रहेकाले ११ बजेको बैठक बस्न नसकेको संसद सचिवालयले जनाएको छ ।
संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले ११ बजेका लागि बोलाइएको संसद बैठक १ बजेलाई निर्धारण गरिएको जानकारी दिए ।
सर्लाही घटनालाई लिएर संसदीय छानविन समिति गठन गर्ने कि नगर्ने भन्नेमा सत्ता र प्रतिपक्षबीच विवाद रहदै आएको छ । प्रतिपक्षले सर्लाहीका दुवै घटनाका लागि संसदीय छानविन समिति गठन गर्नुपर्ने अडान राख्दै संसद बैठक असार २४ यता अवरुद्ध गर्दै आएको छ ।
प्रमुख प्रतिपक्ष काँग्रेस र राजपा नेपालले सर्लाहीमा भएका छुट्टाछुट्टै घटना९कुमार पौडेलको हत्या र सरोजनारायण सिंहको मृत्यु० बारे संसदीय छानविन समिति गठन नगरेसम्म बैठक चल्न नदिने अडान राख्दै आएका छन् ।
नेत्रविक्रम चन्द विप्लव समुहका नेता पौडेलको असार ५ गते प्रहरीको गोली लागि मृत्यु भएको थियो भने सिंहको क्रसर उद्योगले खनेको खाल्डोमा डुवेर बालकको ज्यान गएको विरोधमा भएको प्रदर्शनका क्रममा प्रहरीसँगको झडपमा ज्यान गएको थियो ।
सर्लाही घटना स्थानीयस्तरमा मिलिसकेकाले संसदीय छानविन समिति आवाश्यक नभएको भन्दै समिति गठनको विपक्षमा उभिदै आएको छ ।