विप्लव समूहका रामेछाप जिल्ला इन्चार्ज ढुङेल पक्राउ

दियो पोस्ट  

काठमाडौं,साउन २० । प्रहरीले विप्लव समूहका रामेछाप जिल्ला इन्चार्ज यादव ढुङेललाई पक्राउ गरेको छ ।

काभ्रेको भुम्लु गाँउपालिकाको एनसेल टावरमा आगजनी गरेको आरोपमा प्रहरीले ढुङ्गेललाई पक्राउ गरेको हो । काभ्रेका प्रहरी प्रमुख एसपी जयराज सापकोटाले ढुंगेललाई टावर आगजनी गरेको आरोपमा पक्राउ गरिएको बताए ।