महेन्द्रनगर। सोमबारदेखि निरन्तर परेको अविरल बर्षका कारण महेन्द्र नगर जलमग्न भएको छ । वर्षाका कारण कञ्चनपुर जिल्लाको सदरमुकाम महेन्द्रनगर बजार र आसपासका क्षेत्रमा निकै भारी मात्रामा पानी जमेको हो ।
पानी जमेका कारण महेन्द्र नगर र आसपासका क्षेत्रका सर्वसाधारणको दैनिक जनजीवन प्रभावित बनेको छ ।