आरक्षण बचाऔँ अभियान नयाँ मोडमा, मुखमा कालो पट्टी बाँधेर बिरोध जनाइने

दियो पोस्ट  

काठमाडौँ । लोकसेवा आयोगको असंबैधानिक बिज्ञापनका बिरुद्धमा सिमान्तकृत समुदाय, दलित, मधेशी, जनजाती, मुस्लिम तथा महिलाहरु निरन्तर आन्दोलनमा छन् । आरक्षण बचाऔँ आन्दोलनलाई मुर्तरुप दिन भन्दै आज दिनको ४ बजे काठमाडौँको भृकृटि मण्डप देखि शान्ति बाटिका सम्म मुखमा कालो पट्टि बाँधेर कालो झण्डा सहित मौन जुलुस गरिने बताइएको छ ।

लोकसेवा अयोगले आफ्नो बिज्ञापन नसच्यायएसम्म आन्दोलन जारी रहने आन्दोलनकर्मीले बताए । संबिधानमै उल्लेख गरिएको समाबेशी प्रतिनिधित्वको बिषयलाई सरकारले लत्याएको र सरकार नै संबिधान बिरोधी भएको उनीहरुको आरोप छ ।