कांग्रेस नेता सिंह अचानक बिरामी, अस्पताल भर्ना

दियो पोस्ट  

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहलाई स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार रातको १ बजे अस्पताल अस्पताल भर्ना गरिएको छ । नेता सिंहको ‘प्रोस्टेट’मा समस्या देखिएपछि उनलाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो ।

उनलाई युरिनमा इन्फेक्सन देखिएको उपचारमा संलग्न डाक्टरले जानकारी दिए ।