
काठमाडौँ, साउन २१ । सुनजस्तो अवैध धातु सहित धादिङबाट दुईजना पक्राउ परेका छन् । काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको ना ५८ प ६५५३ नम्बरको मोटरसाइकलमा चेक जाँच गर्दा करिब २४ तोला सुनजस्तो पहेँलो धातु भेटिएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।
पक्राउ पर्नेहरुमा भरतपुर महानगरपालिका–२ चितवनका ३५ बर्षीय सन्तोष बस्नेत र मध्यविन्दु नगरपालिका–६ का गोकुलमान श्रेष्ठलाई पक्राउ गरिएको हो । उनिहरुको साथबाट ९९५–२४ के लेखिएको ५ थान धातु र उनिहरुले प्रयोग गरेको सिमसहित २ थान मोवाइल र रातो रंगको एनएस २०० सीसीको पल्सर बाइक पनि नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यलय धादिङले थप अनुसन्धानका लागि पक्राउ परेका दुबै जनालाई राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुरमा पठाइएको बताएको छ ।