काठमाडौँको सेन्टजेभियर्स कलेज अगाडि बम भेटियो

दियो पोस्ट  

काठमाडौँ । राजधानीको मुटु बबरमहल नजिकै बम भेटिएको छ । बुधबार बिहानै सेन्टजेभियर्स कलेज अगाडि बम भेटिएको प्रहरीले बताए ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार शंकास्पद बस्तु फेला परे लगत्तै पुगेको नेपाली सेनाको बम डिस्पोजल टोलीले बम डिस्पोजल गरिसकेको छ ।

बम कसले राखेको खुलेको छैन । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।