नेपाल वायुसेवा निगम सुधार्न पर्यटनमन्त्रीले पहल थाले, ५ सदस्यीय कार्यदल गठन

दियो पोस्ट  

काठमाडौँ, साउन २२ । नवनियुक्त संस्कृती , पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल वायुसेवा निगमको सुधारका लागि पाँच सदस्यीय कार्यदल गठन गरेका छन् ।

निगमभित्र भएको कमजोरीहरु पत्ता लगाई समाधानको लागि कार्यदल गठन गरिएको हो । विगतका समयमा पनि सधारका प्रयासहरु भएका तर व्यवस्थापकिय कमजोरीको कारण निगम द्रुत गतिमा अगाडी बढ्न नसकेको भन्दै मन्त्री भट्टराईले विज्ञ समुह बनाएर त्यसको बारेमा जानकारी लिन लागेका हुन् ।

गठन गरिएको कार्यदलमा पुर्वसचिव सुशिल घिमिरेलाई संयोजक बनाइएको छ । त्यस्तै लेखा विज्ञका रुपमा सुवोधकुमार कर्ण, व्यवस्थापन विज्ञ डिमप्रसाद पौडेल र क्याप्टेन सुधीर शम्शेर राई छन् । पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने कार्यदलको सदस्य सचिव तोकिएका छन् । कार्यदललाई एक महिनाभित्र ठोस सुझाव सहितको प्रतिवेदन तथा उक्त सुझावहरुको कार्यान्वयन गर्ने कार्ययोजना समेत पेश गर्न भनिएको छ ।

ट्रेन्डिङ

ट्रेन्डिङ खबर उपलब्ध छैन।