काठमाडौा, साउन २२ । नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले अन्तराष्ट्रिय क्रिकेट काउन्सील (आइसीसी) को टि–२० अन्तर्गत अलराउण्डरको तर्फको वरियतामा छलाङ मारेका छन् । यसअघि ४५ औँ स्थानमा रहेका पारस खड्का आइसीसीले भर्खरै सार्वजनिक गरेको वरियतामा २६ औँ स्थानमा उक्लिएका हुन् ।
उनले भारतीय खेलाडी रोहीत शर्मा तथा अफगानिस्तानका रसिद खानलाई समेत पछि पारेका छन् । आइसीसीले जारि अलराउण्डरतर्फको बरियतामा अस्ट्रेलियाका ग्लेन म्याक्सवेल पहिलो नम्बरमा छन् । त्यस्तै बंगलदेशका शकिव अल हसन र अफगानिस्तानका मोहम्मद नाभी क्रमश दोस्रो र तेस्रो नम्बरमा रहेका छन् ।
पारस खड्का भन्दा पछाडी भारतका हार्दिक पाण्डेय तथा वेस्ट इण्डिजका क्रिस गेलसमेत रहेका छन । नेपाली खेलाडी पहिलोपटक विश्व क्रिकेटको त्यति उच्च स्थानमा पुगेको हा । अर्का खेलाडी सोमपाल कामी पनि आइसीसी टी–ट्वान्टी अन्तर्गतको बरियतामा ६७ औँ स्थानमा छन् ।
ब्याटिङतर्फ ६६ औँ स्थानमा
कप्तान पारस खड्का ब्याटिङतर्फ ६६ औँ स्थानमा छन् । उत्कृष्ठ ब्याट्सम्यानको शीर्ष स्थानमा पाकिस्तानका बबर अजम छन् । अलराउण्डरमा शीर्ष स्थानमा रहेका ग्लेन म्याक्सवेल ब्याटिङतर्फ भने तेस्रो नम्बरमा छन् । न्यूजिल्याण्डका कोलिन मनरो दोस्रो नम्बरमा परेका छन भने अस्ट्रेलियाका कप्तान एरोन फिञ्च चौथो नम्बरमा छन् ।
बलिङ तर्फ नेपाल कमजोर
नेपाली क्रिकेट खेलाडी बलिङ तर्फ भने कमजोर देखिएका छन् । टि–२० अन्तर्गतको उत्कृष्ठ बलरहरुको सय जनाको सुचीमा नेपाली बलरहरु परेका छैनन् । सन्दीप लामीछाने, सोमपाल कामी लगायतका बलरहरु उत्कृष्ठ भएपनि सुचीमा पर्न सकेनन् । सुचीको पहिलो नम्बरमा अफगानिस्तानका रसिद खान रहेका छन् । त्यस्तै पाकिस्तानका इमाद वासिव र शदव खान क्रमश दोस्रो र तेस्रो नम्बरमा रहँदा भारतका कुलदीप यादव सातौँ नम्बरमा छन् ।