खानेपानी मन्त्री र सचिवकै कारण मेलम्ची राजधानी आउन सकेन

दियोपोस्ट संवाददाता

काठमाडौँ, साउन २२ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद राजेन्द्रकुमार केसीले खानेपानी मन्त्री बिना मगर र सचिवका कारण राजधानीवासीले मेलम्चीको पानी पिउन नपाएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा ‘खानेपानी तथा सरसफाई विधेयक २०७५’ माथि को सैद्धान्तिक छलफलमा सहभागी हुँदै सांसद केसीले अन्तिम चरणमा रहेको मेलम्ची आयोजनाको पानी मन्त्री र सचिवका कारण राजधानी आउन नपाएको दाबी गरेका हुन् ।

‘मुखमा आएको गाँस सचिव र तपाईका कारणले राजधानीवासीलाई पानी उपलब्ध हुन सकेको छैन’, केसीले भने, ‘मन्त्री ज्यु यसमा तपाई क्लियर गर्नुहोला ।’

एक गाग्री पानीका लागि अहिले पनि र्कितिपुरनगरवासीहरु बिहानैदेखि छटपटाएर हिँड्ने गरेको भन्दै उनले खानेपानीको मुहान संरक्षण सहितको व्यवस्था विधेयकमा गर्न सुझाव दिए । उनले पानीको मुहान संरक्षण र स्रोत विस्तारका सवालमा विस्तृत अध्ययन गर्नु जरुरी रहेको बताए ।

सम्बन्धित खबर

सिफारिस