काठमाडौँ । लोकसेवा आयोगको कर्मचारी भर्ना सम्बन्धी बिज्ञापन असंबैधानिक भएको भन्दै सिमान्तकृत समुदाय, दलित, मधेशी, जनजाती, मुस्लिम तथा महिलाहरु निरन्तर आन्दोलनमा छन् । राज्यले समिान्तकृत समुदाय तथा पिछडिएका वर्गको अधिकार कुण्ठित गरेको तथा संबिधान बिपरित कार्य गर्दै राज्य उल्टो गतिमा हिडेको आरोप लगाउँदै उनीहरुले आज बिरोध स्वरुप उल्टो हिँडेर र्याली प्रदर्शन गरे ।
आन्दोलनकारीहरु माइतिघर मण्डला बाट नयाँ बानेश्वरस्थित संबिधानसभा भवन सम्म उल्टो हिँडेरै पुगेका थिए । उल्टो दिशा तिर हिडेको राज्यलाई सुल्टो दिशा तिर हिँडाउनका लागि दवाव स्वरुप आफुहरुले यस्तो किसिमको आन्दोलन गर्नु परेको आरक्षण बचाऔँ अभियानका दलमर्दन कामीले जानकारी दिए । उनले भने, “सबै जातजाती, वर्ग र समुदायको अधिकार सुनिश्चित गर्नका लागि र संबिधान कार्यान्वयनमा राज्यको आँखा खुलोस भनेर हामीहरु निरुन्तर आन्दोलनमा लागेका छौँ ।”
लोकसेवा अयोगले आफ्नो बिज्ञापन नसच्यायएसम्म आन्दोलन जारी रहने आन्दोलनकारीले बताए । संबिधानमै उल्लेख गरिएको समाबेशी र समानुपातिक प्रतिनिधित्वको बिषयलाई सरकारले लत्याएको र सरकार नै संबिधान बिरोधी भएको उनीहरुको आरोप छ ।