काठमाडौँ, साउन २३ । महिलाहरुको महान् चाड हरितालिका तीज नजिकिँदै गर्दा सुनको भाउ अस्वभाविक तवरले बढ्दै गइरहेको छ । बुधबार एकैचोटी १५ सय प्रतितोला बढेर ६९ हजार ५ सय रुपयाँ पुगेको सुनको भाउ विहीबार पुन वृद्धी भएको हो ।
बिहीबार थप ५ सय बढेपछि छापावाल सुनको प्रतितोला मुल्य ७० हजार पुगेको छ । त्यस्तै तेजावी सुन ६९ हजार ७ सय प्रतितोलामा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला ८ सय २५ रुपैयाँ कायम भएको छ । आजको सुनको भाउ अहिलेसम्मकै महंगो हो ।
व्यवसायीहरु अन्तराष्ट्रिय बजारमै सुनको भाउ बढेर आएको कारण नेपालमा पनि महंगो भएको बताउँछन् । गएको एक महिनामै सुनको मुल्यमा ५ हजार प्रतितोला बृद्धी भएको छ । अमेरिका र चीनको व्यापार युद्धका कारण पनि सुनको मुल्य बढेको अर्थविदहरुको भनाई छ । व्यापार युद्धपछि अमेरिकी राष्ट्रपतिको अर्थनीतिका काण सुनको मुल्यमा अधिकतम वृद्धी भएको अर्थविदहरुको दावि छ ।