काँग्रेस नेता जोशीविरुद्धको भ्रष्टाचार मुद्धाको सुनुवाई शूरु

दियो पोस्ट  

काठमाडौँ, साउन २३ । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री गोविन्दराज जोशी विरुद्धको भ्रष्टाचार मुद्धामा सर्वोच्चले सुनुवाई शूरु गरेको छ । ४५ पटकसम्म पेशी तोकिएको यस मुद्धामा अन्ततः सर्वोच्च अदालतले बिहीबार सुनुवाई गर्न लागेको हो ।

सर्वोच्च अदालतका न्यायधीशद्वय ईश्वरप्रसाद खतिवडा र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा जोशीविरुद्धको मुद्धाको सुनुवाई शुरु भएको हो । सर्वोच्चले यसअघि जेठ २३ गते जोशीविरुद्ध मुद्धा चलाउने निर्णयको सक्कल फाइल उपलब्ध गराउन आदेश गरेको थियो ।

न्यायधीश ईश्वरप्रसाद खतिवडा र सपना मल्ल प्रधानको इजलासले गत जेठमा अख्तियारलाई निर्देशन दिँदै ४६ औँ पेशी तोकेको थियो । अख्तियारले भने जोशीको फाइल नै भेट्न नसकेको भन्दै खोजिरहेको जवाफ दिएको थियो । त्यसलगत्तै जोशीको फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियोजित रुपमा गायभ पारिएको भन्दै आयोग नै जोशीलाई उन्मुक्ति दिने खेलमा लागेको संचारमाध्यमहरुले लेखेका थिए ।

ट्रेन्डिङ

ट्रेन्डिङ खबर उपलब्ध छैन।