पूर्वराजालाई नागार्जुनबाट निकाल्ने अभिव्यक्ति दिएको भन्दै बीरगंजमा प्रचण्डको पुत्ला दहन

दियो पोस्ट  

काठमाडौँ, साउन २३ । पर्साको वीरगंजमा नेकपा अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुत्ला दहन गरिएको छ । गत आइतबार अध्यक्ष दाहालले पुर्वराजा ज्ञानेन्द्रलाई नागर्जुनबाट निकाल्ने अभिव्यक्ति दिएको भन्दै राष्ट्रिय सरोकार मञ्चले उनको पुत्ला जलाएको हो ।

गत आइतबार वीपी राजमार्ग र रामेछापको खाँडादेवी जोड्ने सुनकोसीको खैरेनी घाटमा बनेको पक्की पुल उद्घाटन गर्न पुगेका अध्यक्ष दाहालले गणतन्त्र ल्याउनका लागि नेपाली जनताले गरेको त्याग र तपस्यालाई उल्लेख गर्दै पुन राजा फिर्ता हुने अभियानमा हिँडेकाहरुलाई चेतावनी समेत दिएका छन् । उनले पुन राजा बनेर शासन सत्ता चलाउने सपना बोकेका पूर्वराजालाई नागार्जुनबाट समेत लखेट्ने चेतावनी दिएका थिए ।

ट्रेन्डिङ

ट्रेन्डिङ खबर उपलब्ध छैन।