काठमाडौँ । नयाँ बानेश्वरस्थित संसद भवनमा तीन दिनयता ए.सी. नचलेपछि संसदले गुनासो गरेका छन् । बिहिवार बसेको संसद बैठकमा बोल्दै कांग्रेस नेतृ तथा संसद सुजता परियारल गर्मीको समयमा ए.सी नचलेको र गुम्सिएर बस्नु परेको भन्दै सभामुखसंग गुनासो ब्यक्त गरेकी हुन् ।
उनले भनिन्, “तीन दिनदेखि ए.सी. चलेको छैन, अहिले यती धेरै गर्मी बढेको महिनामा सभाहलमा गुम्सिएर बस्नु परेको छ । सुनिन्छ, ए.सी.मा पाप् सकिएर बन्द भएको हो । सचिवालयले दिएको भाडाले पानी किन्न नसकेको हो कि? पानी पेट्रोल भन्दा महंगो भएर हो?” उनले प्रश्न गरिन् ।
उनले तीन दिन सम्म पनि ए.सी. बनाउन नसक्नु सरासर लापरवाही भएको भन्दै सरकारको बिरोध गरिन् । उनले तत्काल ए.सी. मर्मत गर्नका लागि संबन्धित निकायलाई निर्देशन दिन सभामुखलाई आग्र समेत गरिन् ।