त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ४ पुग्यो, दुई जनाको सनाखत, उद्दार कार्य जारी

दियो पोस्ट  

काठमाडौं, साउन २४ । बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ सलाङघाटबाट त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

घाइतेहरुको संख्या १४ पुगेको छ। अरु धेरै अझै हराईरहेका छन् । ज्यान गुमाएकामध्ये सर्लाहीका ३५ वर्षका अजय दास र २५ वर्षका विजय कुर्मीको मात्र परिचय खुलेको धादिङ प्रहरीले जनाएको छ । 

सर्लाहीको मलंगवाबाट काठमाण्डौको लागि छुटेको ना ६ ख ७४६९ नम्बरको बस शुक्रबार बिहान त्रिशूली नदीमा खसेको हो । अहिले उद्धारको काम भैहरेको छ । बसमा ४० जनाभन्दा धेरै रहेको अनुमान छ ।

घाईतेलाई मलेखु सामुदायिक अस्पताल र गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको प्रहरीले जनाएको छ । सेना र प्रहरीले अहिले उद्धारको काम गरिरहेका छन् ।