त्रिशुलीमा बस खस्योः ३ जनाको मृत्यु, १६ जना वेपत्ता

दियो पोस्ट  

काठमाडौँ, साउन २४ । पृथ्वी राजमार्ग अन्तर्गत वेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ को सलाङघाटमा यात्रुबाहक बस दुर्घटना भएको छ । सर्लाहीबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ७४६९ नम्बरको बस त्रिशुली नदिमा खसेको हो ।

राति पौने ३ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरिक्षक (एसपी) राजकुमार वैदवारले बताएका छन् । दुर्घटनामा ३ जनाको मृत्यु भइसकेको छ भने १७ जनाको उद्धार गरिएको छ । बसमा ३६ जना यात्रु रहेको र हराइरहेका १६ जनाको खोजिकार्य भइरहेको प्रमुख एसपी वैदवारले बताए ।

बसमा सवार अन्य यात्रुहरुको खोजीका र उद्धारका लागि घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी, रेडक्रस धादिङ तथा स्थानिय युवाहरु खटिएका छन् ।