नेपालगञ्जको आगलागी ६ घण्टापछि नियन्त्रणमा, ५ करोडको क्षति

दियो पोस्ट  

काठमाडौँ, साउन २४ । नेपालगञ्जको विपीचोकमा रहेको फर्निचर कारखानामा भीषण आगलागी भएको छ । बिहीबार राति ११ बजेबाट लागेको आगो विहान मात्र नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यलय नेपालगञ्जले जनाएको छ ।

आगलागीबाट १४ भन्दा बढी पसल जलेर नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी वीरबहादुर वलीका अनुसार आगलागीबाट हिमालय स्टिल, सानिया स्टिल, स्टार स्टिल, वारसी स्टिल, बिन्देश्वरी फर्निचर, न्यू रुबी, प्रतापसिंहको फर्निचर, आलिया फर्निचर, अमन फर्निचर, ए–वान फर्निचर, वावा फर्निचर, बाबा टे«र्डस र सरदार डेण्टलमा क्षति पुगेको छ ।

प्रहरीले संकलन गरेको क्षति विवरणमा ३ करोड क्षति भएको उल्लेख गरिएको छ भने व्यवसायीहरु भने पाँच करोड भन्दा माथि क्षति भएको दावि गर्छन् । यद्यपी एसपी वली भने क्षतिको विवरण संकलन भइरहेको र पुर्ण विवरण आउन समय लाग्ने बताउँछन् ।

आगो लागेको केही समयमै पाँच भन्दा बढी पसलहर जलिसकेका थिए । आगलागीको सुचना प्राप्त भएपछि नेपालगंज महानगपालिकाका २ वटा, नेपालगञ्ज विमानस्थलको एउटा, कोहलपुर नगरपालिकाको एउटा र बर्दियाबाट समेत एउटा दमकल घटनास्थलमा पुर्याइएको थियो । आगलागी निकै ठुलो क्षेत्रमा फैलिसकेको कारण नियन्त्रणमा लिन केही असहज भएपनि लगभग ६ घण्टामा नियन्त्रण गरिएको थियो ।

पीडित व्यवसायीहरु भने नियोजित रुपमा आगजनी गरिएको दावि गर्छन् । कसैले रिसइविका कारण नै जानबुझमा आगो लगाएको हुनसक्ने आशंका गरिएकोले घटनालाई त्यताबाट पनि अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यलय बाँकेले बताएको छ ।