धादिङ, साउन २४ । एनसेल टावरमा आगजनी गरेको अभियोगमा धादिङबाट एकजना पक्राउ परेका छन् । धादिङको सिद्धलेक गाउँपालिका अन्तर्गत कुम्पुरमा रहेको एनसेल टावरमा आगजनी गरेको अभियोगमा ३० बर्षीय प्रल्हाद सिंखडालाई विहीबार पक्राउ गरेको हो ।
साविकको सुनौलाबजार वडा नम्बर ६, हाल निलकण्ठ नगरपालिका वडा नम्बर ७ बस्ने सिखडालाई तारुखर्कबाट पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी निरिक्षक भोला अधिकारीले सिंखडा पक्राउ परेको पुष्टि गरेका छन् । गत जेठ १६ गते विप्लप नेतृत्वको माओवादीका कार्यकर्ताहरुले देशैभरिका एनसेलको टावरमा आक्रमण गरेका थिए ।
प्रहरी निरिक्षक अधिकारीले भने प्रल्हाद सिंखडा विप्लव समुहका हुन् या होइनन् भन्ने कुरा अनुसन्धानमै रहेको र अहिले नै सार्वजनिक नभएको बताएका छन् ।