आरक्षणको पक्ष लिँदै बाबुरामले भने, ‘खुट्टामा बीस किलोको नेल लगाइदिएर प्रतिस्पर्धा गर्न लगाउने कहाँको न्याय हो ?’

दियो पोस्ट  

रीता बुढाथोकी

काठमाडौँ । आज २५ औँ अन्तराष्ट्रिय आदिवासी दिवस । बिश्वभरका आदिबासी जनजातीहरुले आजको दिनलाई पर्वका रुपमा मनाउने गर्छन् । नेपालमा आदिबासी जनजातीहरुले बिभिन्न कार्यक्रम गरि भब्यताका साथ मनाएका छन् ।

आदिबासीहरुले आफ्नो संस्कृति झल्काउने झाँकीसहित राजधानीमा बृहद प्रदर्शन गरेर दिवस मनाएका छन् । भृकुटीमण्डपबाट सुरु भएको र्याली माइतिघर मण्डला पुगेर सभामा परिणत भएको थियो । सभालाई संबोधन गर्दै समाजबादी पार्टी नेपालका सह–संयोजक डाक्टर बाबुराम भट्राइले नेपालका शासकहरुले जनजाती तथा बिबिधतालाई छाँयामा पार्दै एकल जातीय शासन लादेर उनीहरुका अधिकार कुण्ठित पार्न खाजेको बताए ।

उनले लोकसेवाको प्रसंग उठाउँदै प्रत्येक जनजातीले आफ्नो भाषामा परिक्षा दिन पाउनु पर्ने ब्यवस्था हुनु पर्ने औल्याए । नेपाली भाषामा परिक्षा दिनेहरुलाई कटाक्ष गर्दै उनले भने, “नेपाली भाषा बाहेक अन्य जनजातीका भाषामा लोगसेवाको जाँच दिनु परेको भए तपाई पास हुनुहुन्थ्यो? त्यसैले अर्काको भाषा मार्ने र आफ्नो भाषा अगाडि बढाउने हो भने, अर्काको खुट्टामा बीस किलोका नेल लगाइदिने अनि ल आईज प्रतिष्पर्धा गर्न भन्ने? यो कहाँको न्याय हो ?” उनले त्यसैले भाषिक विषयमा वहस गर्नु पर्ने बताए ।

नेपालमा १२२ वटा भाषाहरु रहेका र तीमध्ये अधिकांश भाषाहरु आदिवासि जनजातिहरुका रहेको नेता भट्राईले जानकारी दिए । संघीयताका बिरोधीहरुले सरकारको बागडोर संहालेको प्रसंग उल्लेख गर्दै उनले भने, “यो देशको जातीय र भाषिक पहिचानलाई अस्वीकार गर्ने मान्छेहरुले बलजफती संबिधान जारी गरे र त्यसले गर्दा यो देशका विविध जाती, क्षेत्र र भाषिकहरुको अधिकार र पहिचान सहितको माग अहिले पनि पुरा हुन सकेको छैन ।” उत्पीडित जातीहरुले आफ्नो पूर्ण मुक्तिका लागि राजनीतिक सत्ता प्राप्त गर्नु पर्ने उनको दावी थियो ।

संघीयताका बिरोधीहरु आन्दोलनका बलमा सत्तामा आएको भन्दै नेता भट्राईले भने, “जो मान्छेहरु संघीयताका पक्षमा थिएनन्, गणतन्त्रका पक्षमा थिएनन्, धर्म निरपेक्षता र समावेशीताका पक्षमा थिएनन्, तिनै मान्छे आन्दोलनका बलमा तानिएर आएर अहिले सत्तामा हालीमुहाली गरिरहेका छन् ।” त्यसैले उनीहरुले संघयिता लागु गराउने पक्षमा नभएको उनको तर्क थियो ।

लोकसेवा आयोगको बिज्ञापन समावेशीताको सिद्धान्तलाई नै धरापमा पार्ने गरि आएको उनले बताए । कार्यक्रममा अन्य जनजातिका नेताहरुले पनि लोकसेवा विज्ञापनको विरुद्धमा अभिव्यक्ति दिएका थिए ।