त्रिलोचन गौतम
मलेसियामा
मलेसिया, साउन २५ । मलेसियामा पहिलो पटक मजदुर एकता केन्द्र स्थापना भएको छ ।
क्वालालम्पुरमा भएको भेलाले एकता केन्द्र स्थापना गरेको हो । विधान मस्यौदा तथा समिति गठनका बिषयमा छलफल गरी मलेसियामा रहेर श्रमिकका हक हितका विषय उठान तथा सहयोग गर्दै आएका नेपालीहरुको भेलाबाट मजदुर एकता केन्द्र स्थापना भएको हो ।
समितिले अध्यक्षमा तेज बहादुर कार्की , वरीष्ठ उपाध्यक्षमा अर्जुन सिंह ठकुरी, उपाध्यक्षमा लिलाराम यादव, उपाध्यक्षमा वालकुमारी सुबेदी, उपाध्यक्षमा असिन ऐडि , महासचिव दिलिप भट्टराइ, सचिवमा प्रेम बहादुर शाही, कोषाध्यक्षमा तिलोचन गौतम, सह सचिव मा राम प्रसाद. सुबेदी, सह कोषाध्यक्षमा रेश्माकला रार्इ र सदस्यमा देब बहदुर पुन, सन्तोष फुल्लेल, रमेश कुमार परियार, मातृका लुइटेल लगायत १५ जना चयन गरेको छ ।
मजदुर एकता केन्द्रका संस्थापक महासचिव समर्पण भट्टराईले समिति गठन भेलामा मजदुरको हक अधिकारका निम्ति सदैव अग्रपङ्तिमा रहेर संघर्ष गर्ने बताए ।
बैठकको समापन गर्दै अध्यक्ष तेज बहादुर कार्किले मलेसियमा सयौ संस्थाहरुको भिडमा एक थप संस्था मात्रै थप्ने उदेश्य नभई साचिकै मजदुरको पक्षमा संघर्ष गर्ने संस्थाको अभाव महसुस गरेर नै नेपाली मजदुर एकता केन्द्र मलेसिया गठन गरिएको बताए । उनले मजदुर प्रति सदैव उत्तरदायी रहेर संस्थाले काम गर्ने पनि बताए ।