पहिरोमा परी १३ जनाको मृत्यु

दियो पोस्ट  

याङ्गुन, साउन २५ । अत्यधिक बषापछि गएकोे पहिरोका कारण म्यानमारमा कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

देशको पश्चिमी क्षेत्रमा भएको घटनामा परी अरु दर्जनौँ घाइते भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

त्यसैगरी अरु दशौँ हजार नागरिक बाढी र पहिरोका कारण आफ्नो घरबाट विस्थापित भएको पनि समाचारमा जनाइएको छ ।

पहिरोले मोन राज्य अन्तर्गत पर्ने थाएप्या कोने गाउँको १६ घरलाई शुक्रबार बिहानै क्षति पु¥याएको जिल्ला प्रशासक म्यो मिन तुनले एएफपीलाई जानकारी दिए ।

“मृत अवस्थामा १३ जना भेटिएका छन्, अरु २७ जना घाइते भएकाले अस्पतालमा भर्ना गरिएको छ,” उनले भने ।
उहाँका अनुसार घाइतेहरूलाई मोन राज्यको राजधानी मावलम्यीनेमा रहेको अस्पतालमा उपचार गराइएको हो । उद्धारकर्ताहरूको टोलीले बाढी पहिरोमा परेकाहरुको खोजी तथा उद्धार गरिरहेको छ ।