जंगेको हत्या गर्ने मुन्ने राजधानीबाट पक्राउ

दियो पोस्ट  

काठमाडौँ, साउन २५ । सामान्य झगडा हुँदा आफ्नै साथीलाई मार्ने अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–१९ इनाटोलको एक पाटीमा बस्ने ३६ बर्षीय जंगे भनिने व्यक्तिलाई सोही पाटीमा बस्ने २४ बर्षीय मुन्ने भन्ने विनोद खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार महानगरिय अपराध महाशाखाको टोलीले खड्कालाई पक्राउ गरेको हो । प्रहरीको अनुसन्धानले उनिहरु दुबैजना एकै पाटीमा बस्दै आएको समेत खुलेको छ । त्यस दिन सामान्य विवाद भएपछि जंगेमाथि मुन्नेले इटाँ प्रहार गरि हत्या गरेका थिए ।

पक्राउ परेका खड्का माथि थप अनुसन्धान भइरहेको महानगरिय अपराध महाशाखाले जानकारी दिएको छ ।

सिफारिस